एजेन्सी -भारतमा भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडेका छन् । भारतिय मिडियाका अनुसार यसरी दाजुको हत्या गरेको अभियोगमा प्रहरीले सन्दिप कुमारलाई पक्राउ गरेको बताइएको छ । उनले आफ्ना मामाका छोरा दाजु विवेकानन्द सावको हत्या गरेका हुन् ।

उनले आफूलाई भाउजु निकै मन परेका कारण भाउजु पाउनका लागि दाजुको हत्या गरेको बताइएको छ । भाउजुको एकतर्फी मायामा पागल भएका उनले यही कारणले केही दिनअघि आफ्नो हातको नशा पनि काटेको बताइएको छ ।

सन्दिपले रक्सी पिलाउन भन्दै दाजु विवेकानन्दलाई जंगलमा लगी डोजर चालक मोहम्मद शब्बीरसँग मिलेर खाल्डोमा हालेर जिउँदै पुरिदिएको बताइएको छ ।घटनामा मृतककी पत्नीको कुनै संलग्नता नरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया