काठमाडौं । दैलेखमा माईक्रोबस दुर्घटनाग्रस्त हुँदा १४ घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर भएको छ ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ४२२२ नम्बरको माईक्रोबस सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये गम्भीर तीन जनालाई एम्बुलेन्समा सुर्खेत पठाइएको बताइएको छ । दुर्घटना भए लगत्तै दुर्घटनास्थलमा प्रहरी पुगेको र दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया