ताजा खबर :- हरेक अनुहारको लागी एक सुन्दर मुस्कानको मुख्य भूमिका हुन्छ । तपाईको स्वस्थ दाँतले मुस्कानलाई सुन्दर बनाउँछ । यदि तपाईको दाँत पहेँलो, किरा परेको छ वा रगत जम्ने गर्दछ भने तपाईको मुस्कानमा केहि खल्लोपन ल्याउन सक्छ । यति मात्र नभई पेटमा आधारित थुप्रै समस्याहरू पनि दाँतमा उत्पन्न भएका थुप्रै रोगहरूको कारणले उत्पन्न हुनसक्छ । तपाईलाई मनसुनको समयमा दाँत सम्बन्धित कयौँ समस्याहरू हुनसक्छ, जसले दाँतको स्वास्थलाई प्रभावित गर्नसक्छ । यसकारण टूथब्रश परिवर्तन गर्न आवश्यक हुन्छ र नियमित रूपमा दाँतलाई फलोस(दाँत सफा गर्ने धागो) गर्नुहोस् । केहि यस्ता अन्य सावधानी अपनाई तपाई आफ्नो दाँतलाई स्वस्थ राख्न सक्नुहुन्छ ।

-आफ्नो टूथब्रशलाई प्रायजसो परिवर्तन गरिरहनु पर्दछ । नयाँ टूथब्रश प्रयोग गर्नुहोस् किनभने यसले मुखको स्वच्छतालाई कायम राख्न मद्दत मिल्छ ।

– नियमित रूपमा फ्लोस गर्नुपर्दछ । सिफारिस गरिएको फ्लोसको लम्बाई हरेक फ्लोसिंग सेशनमा १८ इन्च हुन्छ । दिन-प्रतिदिनको फ्लोसिंग प्लानको हिसाबले एक महिना यो लगभग ४५ फिट हुने गर्दछ ।

– भिटामिन सी र क्याल्शियम युक्त उचित स्वास्थ्यवर्धक आहारको साथै मौसमी खाद्य पदार्थ र सब्जीहरूको सेवन आवश्यक हुन्छ । मनसूनमा स्याउ, नाशपाती, स्ट्रबेरी, दहि र ओटको सेवन लाभकारी हुन्छ ।

– नियमित रूपमा दाँतको जाँच गराउनु सबैको लागि आवश्यक हुन्छ । यसमा तपाईको दाँत स्वस्थ रहनुको साथै कुनै पनि समस्या भएमा शुरुवाती अवस्थामा नै यसको पत्ता लाग्छ ।

– यस मौसममा हामी कफी वा चिया जस्तो तातो पेय पदार्थको अत्यधिक सेवन गर्दछौँ, जसका कारण कैफिन हुन्छ । यसको कारणले दाँत खराब हुने, कमजोर हुने र दाग वा कालोपन हुनसक्छ । यसकारण कफी र चियाको कम मात्रामा गर्नुहोस् ।

तपाईको प्रतिक्रिया