एजेन्सी। संसारमा निकै कम ब्यक्ति होलान् जसले यौन सन्तुष्टी लिन चाहँदैनन् । पोर्न हेरेर होस् वा संभोग गरेर होस् वा नग्न चित्र हेरेर होस् आँफुलाई सुन्तुष्ट पार्न विश्वका शक्तिशाली शासक र चर्चित लडाकाहरुले समेत यि उपायहरु अपनाउँदै आएको पाइन्छ । जसमध्येका एक हुन् अल कायदाका तात्कालिन समयका प्रमुख ओसामा बिन लादेन ।

ओसामा बिन लादेन पोर्नस्टार सनी लियोनिका फ्यान थिए । भारतीय मिडियाका अनुसार उनको हत्या गरिएको स्थान र घरबाट सनी लियोनसँग सम्बन्धित थुप्रै सामाग्रीहरु अमेरिकन प्रहरीले बरामद गरेको थियो । उक्त दस्तावेजहरु छिटै सार्वजनिक गरिने अहिले आएर सिआइएले जानकारी दिएको छ ।

तर सिआइएले पोर्न सिडीहरु भने सार्वजनिक नगर्ने बताएको छ । यी सिडीहरु अधिकांश सनी लियोनीको भएको बताइएको छ । निर्देशक दिलिप मेहताले बनाएको सनी लियोनीको जीवनमा आधारित डकुमेन्ट्री ‘मोस्टली सनी’मा पनि यो कुराको उल्लेख छ । लादेनलाई अमेरिकाका सील कमाण्डोले २ मे २०११ मा पाकिस्तानको एबदाबादमा इन्काउन्टरमा मारेका थिए ।

तपाईको प्रतिक्रिया