काठमाडौं । दशैँको पूर्वसन्ध्यामा सुनको भाउमा केही गिरावट आउन थालेको छ । धबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया