एजेन्सी । भारतका चर्चित बलात्कारी बाबा राम रहीमकी कथित छोरी भनिएकी हनीप्रीत नेपालमा भएको भारतीय प्रहरीले दाबी गरिरहेका बेला हनीप्रीतबारे एकपछि अर्को रहस्य खुल्ने क्रम जारी नै छ । बाबाले हनीप्रीतलाई बलिउडकी हिरोइन बनाउन मात्रै नखोजी चर्चित अभिनेता अक्षय कुमारसँग फिल्म खेल्ने उनको इच्छा पुरा गरिदिन समेत कोशिश जारी राखेका थिए ।

यस्तो खुलासा बाबाका नातेदार भूपेन्द्र गोराले गरेका हुन् । हनीप्रीतले अक्षयसँगै सलमानसँग पनि फिल्म खेल्न चाहना देखाएपछि बाबाले यस विषयमा कुरा गर्ने तयारी गरेको समेत भूपेन्द्रले कुरा कोट्याएका छन् । इण्डियन फिल्म एसोसिएसनकी आजीवन सदस्य समेत रहेकी उनी बलिउडमा चर्चा बटुलेर हलिउडसम्म पुग्ने चाहाना राखेको बताइन्छ ।

अक्षय र सलमानसँग कुरा गर्ने तयारीका बिच बाबा बलात्कारको काण्डमा मुछीएपछि हनिप्रितको सपना अधुरै रह्यो । विभिन्न माध्यमबाट कालो धनलाई सेता बनाउने अभियानमा नै लागेका बाबा निकै चलाख भएका कारण उनले के गर्दैछन् भन्ने कमैलाई मात्रै थाहा हुने गरेको उनका आफन्तहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया