काठमाडौं, भदौ २९ । मलेशियाको राजधानी क्वालालाम्पुरस्थित एक मुस्लिम धार्मिक विद्यालयमा आगलागी हुँदा २५ जनाको ज्यान गएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार आगलागीमा परी मृत्यु हुनेमा २३ बालबालिका र २ जना वार्डेन रहेको बताइएको छ । बच्चा सुतिरहेका बेलामा आगलागी भएकाले ठूलो हताहती भएको बताइएको छ ।

खबर अनुसार सो आगलागी २० वर्ष यताकै सबैभन्दा डरलाग्दो आगलागीको घटना भएको बताइउको छ ।

तपाईको प्रतिक्रिया