काठ्माण्डौं – नेपालमा सयदेखि पाँच हजारसम्मका अन्डरवेयर पाइन्छ । लिभाइज ब्रान्डअन्तर्गतको अन्डरवेयरको मूल्य नेपाली बजारमा दुई हजार पाँच सयसम्म पर्ने गर्छ । बिइङ ह्युमन नामक भारतीय ब्रान्डको पुरुषले प्रयोग गर्ने अन्डरवेयर नेपालमा पाइन्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादे सेलेब्रिटी तथा धनाढ्यहरूले सबैभन्दा महँगो मूल्यको अन्डरवेयर रोज्ने गरेको बताउँछन् ।

तर, नायक अनमोल केसी भने आफूले नेपालमा पाइने कुनै पनि ब्रान्डको अन्डरवेयर प्रयोग नगर्ने बताउँछन् । भन्छन्, ‘मलाई टमी हिलफिगर ब्रायडको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाउने भएकाले विदेश गएका वेलामा उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु ।’ अनमोलजस्तै धेरै नायक–नायिकाले विदेश गएकै वेला अन्डरवेयर किनेर ल्याउने गर्छन् । नयाँ पत्रिकाले छापेको छ ।

गायिका तथा नेतृ कोमल वली पनि आफूले विदेशबाटै अन्डरवेयर खरिद गर्ने बताउँछिन् । भन्छिन्, ‘मैले प्रायः भित्री वस्त्रहरू विदेशतिर जाँदा किन्ने गरेकी छु । ब्रान्ड हेरेर दुई हजारदेखि आठ हजार मूल्यसम्मको किन्ने गर्छु ।’ कोमलले प्रयोग गर्ने केही ब्रान्डहरू नेपालमा नपाइनेसमेत छन् । अन्य सेलेब्रिटी भने पाँच सयदेखि १५ सयसम्मको अन्डरवेयर प्रयोग गर्छन् । नेपाली बजारमा पा“च हजार रुपैया“सम्मका अन्डरवेयर बिक्री हुन्छ ।

तपाईको प्रतिक्रिया