सर्वेन्द्र खनाल, डिआइजी

म अधिकांश समय घरको खाना खाने गर्छु । भात एकदमै कम खान्छु । घरमा पाक्ने खानामा चिल्लो–पिरो त्यति राखिदैन । म चिल्लो पिरो रुचाउँदिनँ पनि । घरमा सामान्य खाना नै खाने गरेका हुन्छौँ । कहिलेकाहीँ बाहिर खान पनि गइन्छ ।

दैनिक कसरत
म नेपाल प्रहरीमा कार्यरत छु । त्यसमा पनि जिम्मेवार पदमा । तैपनि आफ्नो स्वास्थ्यमा सधैँ ध्यान दिने गरेको हुन्छु । बिहानै उठेर दैनिक रूपमा कसरत गर्छु ।

कोल्ड्र ड्रिंक्स र पेय पदार्थ खान्नँ
म प्रायः मिटिङ र कार्यक्रममा हिँडिरहनुपर्ने हुन्छ । त्यसैले कोल्ड्र ड्रिंक्स र पेय पदार्थहरू नखाने कुरै हुँदैन । तर, एकदम कम । स्वस्थ रहनका लागि सकेसम्म कोल्ड्र ड्रिंक्स र पेय पदार्थहरू नखाएको राम्रो मानिन्छ ।
बढी पाउरोटी खान्छु
खानामा एकदम ध्यान दिने गर्छु । भात त एकदम कम खान्छु । सकेसम्म नखान नै खोज्छु । सागसब्जी र रोटी अलि बढी खाने गर्छु । त्यसमा पनि अझै मलाई पाउरोटी मनपर्ने भएकाले धेरै पाउरोटी नै खाने गर्छु ।

कुनै रोग छैन
मेरो उमेर लगभग ५० वर्ष भयो । तर, अहिलेसम्म कुनै रोग लागेको छैन । सायद खानपिनमा ध्यान दिएको कारणले नै होला । र, अर्को कारण चिल्लो–पिरो कम खानु पनि हो ।नयाँ पत्रिकाले छापेको छ ।

खानामा एकदम ध्यान दिने गर्छु । भात त एकदम कम खान्छु । सकेसम्म नखान नै खोज्छु । सागसब्जी र रोटी अलि बढी खाने गर्छु । त्यसमा पनि अझै मलाई पाउरोटी मनपर्ने भएकाले धेरै पाउरोटी नै खाने गर्छु ।

तपाईको प्रतिक्रिया