ताजा खबर :- सम्पूर्ण फलफूल स्वस्थ स्वास्थ्यको लागि फाइदायुक्त हुन्छ तर यदि तपाई सुन्दर र चम्किलो त्वचा चाहनुहुन्छ भने आजैबाट यी फलफूलको उपयोग गर्न शुरू गर्नुहोस् । जसको सेवनले त्वचामा सुन्दरता बढेको केहि समयमै देख्न सक्नुहुन्छ ।

आँप

फलफूलको राजा आँप स्वास्थ्यको लागि मात्र नभई तपाईको सौन्दर्यता बढाउनका लागि पनि निकै उपयोगी हुन्छ । आँपमा भिटामिन ए, सी, ई, के, मिनरल, क्याल्शियम र म्याग्नेशियम हुन्छ जसलाई एन्टीअक्सिडेन्ट भनिन्छ । आँपको सेवनले त्वचामा ताजापन, यौवन अवस्था वा जवानी र गोरोपन ल्याउन मद्दत गर्छ । यसले त्वचामा चाउरीपन र बुढोपन हुनबाट रोक्न निकै सहयोगी हुन्छ ।

कागती

कागतीलाई भिटामिन-सी र मिनरलको राम्रो स्रोत मानिन्छ । कागतीलाई पानीमा मिलाएर प्रयोग गर्नुपर्दछ नत्र भने यसबाट त्वचामा नकारात्मक असर पर्नसक्छ । घुँडा र कुहिनोमा कागतीको बोक्राले सिधा रगडेर पानीले धुन सकिन्छ । कागतीलाई लगातार प्रयोग गर्नाले त्वचा सफा र गोरो हुन्छ । 

स्याउ

स्याउमा पेक्टिन नामक तत्व हुन्छ, जुन संवेदनशील त्वचाको लागि निकै फाइदाजनक हुन्छ । स्याउलाई स्किन टोनर मान्ने गरिन्छ, जसले त्वचालाई मजबूत बनाउने र रक्तसंचारमा मुख्य भूमिका निभाउँछ । स्याउमा एन्टीअक्सिडेन्ट गुण पाइन्छ, जसले त्वचामा अक्सीडेशन हानीलाई रोक्नका लागि प्रभावकारी भूमिका निभाउँछ । यसमा फ्रूट एसिड पनि हुन्छ जसले त्वचालाई सफा राख्नमा मुख्य भूमिका खेल्छ । स्याउको जूसलाई प्रतिदिन त्वचामा २० मिनेट सम्म लगाएर यसलाई सफा पानीले धुनुहोस् । 

मेवा

मेवा भिटामिन ए, बी, सी र म्याग्नेशियमले भरिपूर्ण एन्टी अक्सीडेन्ट हुन्छ । मेवामा पपेन नामक एन्जाइम हुन्छ, जसले त्वचाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । यसलाई दिनहुँ सेवन गर्दा त्वचाको सुन्दरतामा निखार ल्याउँछ । पाकेको मेवा अनुहारमा पनि लगाउन सकिन्छ । 

केरा

केरामा पोटाशियम र भिटामिन-सी हुन्छ । केरालाई फेस र हेयर प्याक दुवैको लागी प्रयोगमा ल्याउन सकिन्छ । पटक-पटक कपाल रंगाउनाले अन्य रासायनिक उपचारबाट कपालमा क्षति पुग्छ, जसलाई फेरि उमार्न केराको मुख्य भूमिका हुन्छ । केरालाई मुछेर प्याकको रूपमा अनुहारमा लगाएर २० मिनेट पश्चात् अनुहारलाई सफा पानीले धुनुहोस् ।

तपाईको प्रतिक्रिया