ताजा खबर :- बंध्या नर लामखुट्टेको उत्पादन गर्न वोलबचिया बैक्टीरिया संग संक्रमित गरिन्छ ।
सैन फ्रांसिस्को :- दिग्गज इंटरनेट कंपनी गूगल को मदर कंपनी अल्फाबेट ले अमेरिकी वैज्ञानिहरु संग मिलि बिमारी फैलाउने लामखुट्टेको संख्या कम गर्ने योजना तयार पारेको छ । गूगल को योजना अनुसार मशीन जडित द्द करोड़ यस्तो लामखुट्टे उत्पादन हुने छ जसले लामखुट्टेको संख्या कम गर्नेछ । वाशिंगटन पोस्टको रिपोर्ट अनुसार , योजना अनुसार कैलिफोर्नियाको फ्रेस्नो काउंटी मा लाखौको संख्यामा बंध्याकरण गरिएको नर लामखुट्टे छोडिन्छ । यो नर लामखुट्टे जब प्रकृतिमा रहेको मादा लामखुट्टेसंग संसर्ग गर्छन , त्यस पछि मादा लामखुट्टे जसले अन्डा दिन्छन , त्यो अन्डाबाट बच्चा विकसित हुदैन्न ।
यो परियोजनाको नाम डीबग फ्रेस्नो राखिएको छ । यो योजना का परिचालन अल्फाबेटको सहायक कम्पनी वेरलीले गरिरहेको छ । वैज्ञानिकहरुले भनेका छन , यसको उद्धेश्य भनेको एडीज एजेप्टाई लामखुट्टेको संख्यामा कमी ल्याउनु रहेको छ । लामखुट्टेको यो प्रजाती जीका, डेंगू एवंम चिकुनगुनिया फैलाउने गर्छ ।
कंपनीले फ्रेस्नो काउंटीको दुई वटा इलाकामा द्दण् हप्तामा ज्ञण् लाख यस्ता नर बंध्या लामखुट्टेलाई छोडने योजना बनाएको छ । जसले टोक्दैन्न .रिपोर्टमा भनिएको छ बंध्या नर लामखुट्टेलाई उत्पादन गर्न वोलबचिया बैक्टीरिया संग संक्रमित गरिन्छ । वोलबचिया एक किसिमको जीवाणु हो ।

तपाईको प्रतिक्रिया