काठमाडौं– विगतमा आई लभ यू…गीतको लोकप्रियताका कारण दर्शक तथा स्रँेताको मन जित्न सफल गायक कमल के. क्षत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षत्रीकै संगीत निर्देश्ँन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।

यस्तो छ कोदो कोलाको म्युजिक भिडियो

तपाईको प्रतिक्रिया