काठमाडौं। दसैँका लागि नयाँ नोट आजबाट साटिने भएको छ । नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट साट्दै छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजार रुपैयाँसम्मको साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया