अर्घाखाँची । अर्घाखाँचीका ४ वर्षीय बालक मनिष केसी बाघको आक्रमणबाट मारिएका छन् ।

मंगलबार बेलुका घरको आँगनमा खेलिरहेका बेला उनलाई बाघले टपक्क टिपेर लगेपछि भोलीपल्ट बाघले खाएर छोडेको अवस्थामा बालकको शरीरका अंगहरु भालुखोलाको रानीवनको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा पछिल्लो समय बाघको बिगबिगी बढेपछि स्थानीयबासी त्रसित बनेका छन् । बाघले मनिषलाई आक्रमण गरेपछि अहिले उक्त गाउँ शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया