काठमाडौँ । नायक पल शाह यतिबेला आफ्नो भाग्य परिक्षाको पूर्वसन्ध्यामा छन् । लामो समयदेखि मोडलका रुपमा चिनिएका र केही फिल्ममा नायकका रुपमा समेत अभिनय गरिसकेका पलका अगाडी उनको प्रर्दशनमा रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ठूलो चुनौतीका रुपमा अगाडी आएको छ ।

यसैबिच पलले सुन्दरी नायिका आँचलको आथ लिएर काठमाडौँ उपत्यका बाहिर पनि आफ्नो दौडधुप सुरु गरेका छन् । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म चल्ने एउटा मात्र आधार पल शाहको उपस्थिती र आँचल शर्मासँगको जोडी मात्र भएका बेला चलचित्रले राम्रो समिक्षा पाएको खण्डमा लेखक, निर्देशकमा पनि यसको क्रेडिट जाने विश्लेषण सुरु भएको छ ।

‘जब जब तिम्रो साथ’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मलाई एन्ड्रेयू पौडेल र अजय मल्लले निर्माण गरेका हुन् भने नितिन चन्दले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया