काठमाडौँ । दिवाकर भट्टराइ निर्देशित चलचित्र ऐश्वर्यको यतिबेला चौतर्फी चर्चा छ । फिल्म ऐश्वर्याको म भुल्न सक्छु कुनै पल र नव – नायिका दीपिका प्रसाइको सुन्दरता र अभिनयका कारण थप चर्चित बनेको छ ।

चलचित्रको हरेक प्रचार सामाग्री तथा गीत संगीतका पाटामा पनि नव नायिका दीपिका एक कदम अगाडी हुँदा चर्चित नायिका केकी अधिकारी भने ओझेलमा छिन् ।

चलचित्रका निर्माता तथा नायक रमेश उप्रेती केकी अधिकारीले ‘ऐश्वर्य’मा गरेको अभिनय हेरेपछि सबैले मुक्तकण्ठले प्रशंसा गर्ने बताउँछन् । तर, केकीलाइ लुकाएर उनले दीपिकालाइ प्रमोशनमा यती धेरै स्थान किन दिइरहेका छन् यसको रहस्य थाहा पाउन चलचित्र नै हेर्नुपर्ने नायक उप्रेतीको दाबी छ ।

तपाईको प्रतिक्रिया