काठमाडौं । अण्डर १९ एसिया कप छनौट क्रिकेटको आफ्नो पहिलो खेलमा थाइल्याण्डका बिरुद्ध सानदार जित निकालेको नेपालले आफ्नो दोस्रो खेलमा पनि भुटानलाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।

भुटानले दिएको ५१ रनको झिनो लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन जोडे पेभेलिएन गए पनि आशिफ शेखले २१ बलमा अविजित २३ रन र अनिल कुमार शाह ५ बलमा ४ रन नटआउट रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ्ग रोजेको भुटान २८ ओभर खेल्दै ५० रन बनाएर अलआउट भयो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट तथा सन्दीप लामिछाने ४ र नन्दन यादवले एक विकेट लिए ।

तपाईको प्रतिक्रिया