रौटहट । नेपाली काँग्रेसका नेता गगन थापाले मधेश र मधेशीको आत्मसम्मान काँग्रसको जीवन र संस्कृति भएको बताएका छन् । चुनावी अभियानका क्रममा रौतहटमा रहेका नेता थापाले काँग्रेसले एमालेले जस्तो मधेशीलाई दोस्रो दर्जाका नागरिक बनाइ नराख्ने समेत बताए ।

चुनावी कार्यक्रमकाबीच उनले चन्द्रपुर वडा नं २ असनवा टेम्पो पार्कमा स्थानियलाई सम्बोधन गर्दै नेता थापाले भने तराई मधेश काँग्रेसको प्राथमिकतामा रहेको छ ।

तेस्रो चरणको स्थानिय चुनाव मात्र हैन अबको प्रदेशको चुनावमा पनि काँग्रेसले प्रदेश नं २ मा पनि सरकार बनाउने उल्लेख गर्दै प्रदेश सरकारबाट लिने सेवा सुविधाबाट लाभान्वित हुन पनि तराई मधेशका मतदाताले आफनो स्थानिय तहमा काँग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया