काठमाडौँ । बलराम भण्डारी कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ सुनसरीको अध्यक्षमा निर्वाचित भएका छन् । ११ औं साधारण सभा तथा सातौँ अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै नयाँ कार्यसमिती पाएको हो । जसको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग ओझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् । सो अवसरमा साधारणसभाको उद्घाटन गर्दै केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठले अहिलेको सूचना प्रविधीको यूगमा हरेक नागरिकहरुमा सूचना र प्रविधिको पहुँच पुर्याउनुपर्ने बताउँदै यसका लागि क्यानको महत्वपूर्ण भूमिका रहेको बताए ।

तपाईको प्रतिक्रिया