पछील्लो समयमा निकै नै चर्चा कमाएका नायक प्रदीप खड्का अब चलचित्र “लीली बिली” मा देखा पर्दै छन । त्यस्तै चलचित्रमा नायक अनुप बिक्रम शाहीकाे मुख्य भुमिका रहने बताइएकाे छ ।

उक्त चलचित्रमा नेपाल आईडलका प्रतिस्प्रधी मेनुका पौडेल र सुरज थापाको स्वर सुन्न पाइने छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेल गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

‘लिलिबिली’लाई निर्देशक मिलन चाम्सले निर्देशन गर्ने छन् । काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्टको संयुत्त प्रस्तुती रहेको चलचित्र ‘लिलिबिली’मा दुई नायिकाले एकसाथ डेव्यु गर्ने लागेका हुन् ।

डेव्यु गर्नेमा युकेमा बसोबास गर्दै आइरहेकी जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् । तिहार पछि छायाँकन सुरु गरिने लिलिबिलीको सम्पुर्ण छायाँकन युके, स्कटल्याण्ड र इङल्याण्डमा हुने टिम ले जनाएको छ । लभ स्टोरीमा आधारित रहेको यस चलचित्र आगामी चैत्र ३० गते हुने निर्माण पक्षले जनाएको छ ।
भिडियो

तपाईको प्रतिक्रिया