नेपालगन्ज २७ भदौ । बाँकेमा बाढीप्रभावितको तथ्याङ्क सङ्कलन गर्न एक महिना लागेको छ । गत साउन २८ गते राती आएको बाढीका कारण बाँकेमा २ हजार घर पूर्णरुपमा क्षतीग्रस्त भएका जिल्ला दैविक प्रकोप उद्दार समितिले जनाएको छ । ६३ हजार घरमा आंशिकरुपमा क्षती भएको पाइएको छ ।

सकेसम्म बुधबार प्रभावितको सङ्ख्या सार्वजनिक गर्ने गरी दैवि प्रकोप उद्दार समिति तयारीमा लागेको छ । सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका २ टिकुलीपुरमा ३ सय २२ घर पूर्णरुपमा क्षती भएको पाइएको समितिका सूचना अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए । बाढीप्रभावितको तथ्याङ्क सङ्कलन गर्न धेरै समय लगाइदिदा पिडितहरु निरास बनेका छन ।

तपाईको प्रतिक्रिया