काठमाडौँ । पछिल्लो समय चर्चित बनेको रियालिटी शो ‘नेपाल आइडल’का उत्कृष्ट तीन मध्येका एक प्रतिस्पर्धी निशान भट्टराईको स्वागतमा गृह जिल्ला मोरङमा जनसागर उर्लिएको छ।

मंगलबार दिउँसो विराटनगर विमानस्थलमा निशान पुग्दा हजारौंको संख्यामा समर्थक निशानको स्वागतका लागि पुगेर फुलमाला र अविर दलेर स्थानीयले उनलाई स्वागत गर्दा लाग्थ्यो त्यहाँ कुनै आमसभा भइरहेको छ ।

निशानले विराटनगरको कन्चनवारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजार र गृहनगर उर्लाबारी चोकमा आफ्नो प्रस्तुति दिँदा सर्वसाधारण निकै उत्साहित बनेका थिए ।

विराटनगरमा भएको कार्यक्रममा निशानलाई हौसला प्रदान गर्न महानगरका मेयर भीम पराजुली आफैं पुगे । निशानले पूर्वका विभिन्न स्थानमा प्रस्तुती दिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया