काठमाडौं । चलचित्र ‘दुई रुपैयाँ’ अब मात्र २ रुपैयाँ तिरेर हेर्ने पाइने भएको छ ।

‘कुटुमा कुटु’ बोलको गीतबाट बहुचर्चित बनेको फिल्मले शुरुवाती दुईदिनमै दुई करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको र चौतर्फी चर्चा हुन थालेका बेला निर्माण यूनिटले यहि बिहीबार क्युएफएक्स कुमारी हल कमलपोखरीमा भाग्यशाली १ सय दर्शकले दुई रुपैयाँमा सिनेमा ‘दुई रुपैयाँ’ हेर्न पाउने अफर दिएको हो ।

२९ गते बिहीबार बिहान ११ बजेको शोमा भाग्यशाली १ सय दर्शकले यो मौका पाउनेछन् । असिम शाहको निर्देशनमा बनेको फिल्म ‘दुई रुपैयाँ हेर्न तपाईँ पनि यसको भाग्यशाली दर्शक बन्न सक्नुहुनेछ एक पटक कोशिस पो गर्ने हो की ?

तपाईको प्रतिक्रिया