काठमाडौं। भारतका चर्चित बलात्कारी बाबा राम रहीमकी कथित छोरी भनीएकी हनीप्रीत नेपालमै लुकेर बसेको रहस्इ बाहिर आएको छ । बलात्कारी बाबालाई प्रहरीले पक्राउ गरे लगत्तै अचानक बेखबर भएकी उनलाई भारतीय प्रहरीले सुक्ष्म रुपमा खोज तलास गरे पनि उनलाई भेट्न नककेका बेला भारतीय प्रहरीले हनीप्रीत नेपालमै भएको भन्दै भारतीय जासुसी एजेन्सी ‘र’ र नेपाल प्रहरीसँग सहयोग मागेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।


हरियाणा प्रहरीले हनीप्रीत नेपालमा दित्य इंसां र अर्का एक जना व्यक्तिसँग रहेको समेत दाबी गरेको छ । यसअघि भारतीय सुरक्षा बलले हनीप्रीत नेपाल भाग्न सक्ने भन्दै सीमामा सुरक्षा बढाए पनि उसले नेपालमा नै रहेको दाबी गरिरहेका बेला नेपाल प्रहरीले भने यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया