भदौ २७, नेपालगन्ज – सामुदायिक विद्यालयलाई सुदृण गर्नका लागि शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक तथा विद्यार्थीहरु मिलेर काम गर्नुपर्नेमा जोड दिँदै दुई दिने शिक्षा सम्बन्धि कार्यशाला मंगलबार नेपालगन्जमा सम्पन्न भएको छ । एक्सनएड नेपालले आयोजना गरेको विद्यालय शिक्षा अधिकार प्रर्वद्धन सिकाइ आदान प्रदान कार्यशालाका सहभागीहरुलाई सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नमा सरोकारवालाको साझा भूमिकामा जोड दिए ।

कार्यशालामा आफ्नो अनुभव राख्दै धम्बोझी मावि नेपालगन्जकी प्रधानाध्यापक किरण आचार्यले विद्यालयलाई राम्रो बनाउन शिक्षकहरुले इमान्दारीता पूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । यसका साथै प्रधानाध्यापक आचार्यले कुनै पनि विद्यालयको प्रधानाध्यापकसँग आफ्नो विद्यालयलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका हुनुपर्ने बताउनुभयो । सम्मेलनको पहिलो दिन आयोजना गरिएको स्थानीय निकाय र शिक्षा सम्बन्धि विषयगत अन्र्तक्रियामा सहभागी शिक्षा तथा स्थानीय निकायका प्रतिनिधिहरुले स्थानीय सरकारको योजनामा सामुदायिक विद्यालयको सृदृढिकरणलाई प्राथमिकता दिईने बताएका थिए ।

नोराडसँगको साझेदारीमा एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा शिक्षक, बालक्लवका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागीता रहेको थियो । कार्यशालामा पश्चिम नेपालका नवलपरासी, पाल्पा, बाँके, बर्दिया, कैलाली, डोटी तथा बाजुराबाट ७० जना भन्दा बढिको सहभागीता रहेको थियो

तपाईको प्रतिक्रिया