एजेन्सी । तपाईले कहिल्यै बसमा यात्रा गर्दा परेवा र कुनै चराचुरुगींको टिकट लागेको देखेको वा सुन्नुभएको छ ? भारतमा एक यात्रुको सिटमा उडेर आएको परेवाका कारण ठूलो विबाद निम्तिएको छ । घटना हो भारतको तमिलनाडुको । तमिलनाडुको परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै गर्दा एउटा परेका सुटुक्क उडेर आएर एक यात्रुको सिटमा बस्यो ।

सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरहेको परेवामाथि पर्यो । त्यसपछि ती जाँचकर्ताले उक्त परेवाको टिकट देखाउन ती यात्रुलाई आदेश दिएपछि दुवै पक्षबिच लामो समय विबाद चल्यो ।

कन्डक्टरले परेवाको टिकट नकाटिएको जवाफ दिएपछि जाँचकर्ताले बसका कन्डक्टरको नाममा एक सूचना जारी गर्दै स्पष्टीकरण माग गरे । जुन विषयले भारतमा मात्रै नभएर सामाजिक संजालमा समेत हंगामा मच्चाएको छ ।

तपाईको प्रतिक्रिया