आर्यन शर्मा / काठमाडौ । थोरै चलचित्र खेलेर पनि सफल नायिकाको स्थान बनाउन सफल सुन्दरी हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । चलचित्र ड्रिम्सबाट अभिनय यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले दोस्रो चलचित्रमा खेलेर पनि स्थापीत नायिकाको जस्तो छवी बनाउन सफल भएकी छिन् ।

उनको डेब्यू फिल्म ड्रिम्समा उनलाई अनमोलसँग जोडेर अनमोलका कारण हिट भएको बताइए पनि अहिले नयाँ नायक सलिममान बस्नेतसँग काम गरेको अवस्थामा पनि उनले अभिनय गरेको चलचित्रले राम्रो प्रतिफल दिनु साम्राज्ञी आँफैमा एउटा कुशल कलाकार हुन् भन्ने कुराको पुष्टी हुन्छ ।

ड्रिम्सपछि लामो समयसम्म उनले कुनै पनि चलचित्र गरिनन् । राम्रो कथाको खोजिमा भएकाले लामो समयसम्म कुनै चलचित्रमा काम नगरेपछि आएको दोस्रो फिल्ममा पनि उनी जम्नु उनका लागी मात्रै नभएर नेपाली चलचित्र उद्योगका लागी नै सुखद पक्ष हो । र अघिल्लो फिल्ममा अनमोलका कारण मात्रै उनी चलिन् भन्नेहरुका लागी साम्राज्ञीको ए मेरो हजुर २ गतिलो जवाफ हो ।

तपाईको प्रतिक्रिया