एजेन्सी । बाबा राम रहीमकी कथित छोरी भनीएकी हनीप्रीतलाई उनको सुहागरातका बेला आफ्ना पतिबाट छुटाएर बाबाले अन्तै लिएर गएको रहस्य सार्वजनिक भएको छ । बाबाले नै हनीप्रीतको बिहे विश्वास गुप्तासँग गराइदिएको तर सुहागरात मनाउन नदिएको साला भूपेन्द्र गोराले रहस्य बाहिर ल्याएका हुन् ।

हनीप्रीतका पति विश्वासको घर बाबा आफैं गएर सुहागरातकै बेला हनीप्रीतलाई किडन्यापकै शैलीमा हनिमुनस्थलबाट लगेको रहस्य बाहिर आएपछि बाबा फेरी एकपटक अप्ठ्यारोमा फसेका छन् ।

मुम्बइमा बाबाले हनीप्रीतको नाममा केही फ्ल्याट किनेका कारण उनलाई त्यही लुकाएर राखेको हुनसक्ने बताइएको छ । बाबाले विदेश जाँदा पनि आफ्नी पत्निको स्थानमा हनीप्रीतलाई नै लिएर जाने गरेको भूपेन्द्रले बताए ।

तपाईको प्रतिक्रिया