एजेन्सी । भारतीय नायिका बीवी राधाको ह्दयघातको कारण ज्यान गएको छ । क्यान्सर रोगलाई जितेकी राधाको आइतबार बेंगलुरुमा ७० वर्षको उमेरमा ह्दयघातको कारण निधन भएको भारतिय मिडियाले जनाएको छ ।

स्वास्थ्य अवस्था खराब भएपछि उनलाई अस्पतालमा भर्ना गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

अभिनेत्री राधाले कन्नड, तामिल, तेलगु र मलयालम का धेरै फिल्म खेलेकी थिइन्। अंग दान गर्ने इच्छा राखेको हुनाले उनको आँखा नारायण नेत्रालयलाई दान दिइने र उनको शरीर एमएस राम्या अस्पताललाई दिइने बताइएको छ । राधाले लगभग २५० वटा फिल्ममा काम गरिसकेकी थिइन् ।

तपाईको प्रतिक्रिया