काठमाडौँ -चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक गरिएको छ ।रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, टिका पहारी, राजन इशानको मुख्य भूमिका रहेको छ भने सुदिप भूपाल सिंहको निर्देशन गरेका छन् ।

रमेश पौडेल र सरस्वती थापाको निर्माण रहेको यस फिल्ममा रुद्रप्रिया’ प्रतिको प्रेम र आकर्षण देखाइएको छ ।रेखा र आर्यनको प्रेममा राजन इशानको प्रवेश र त्यसले निम्त्याउने अवस्थालाइ ट्रेलरमा देखाइएको छ । फिल्म कात्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया