नेपालगन्ज – सामुदायिक विद्यालयमा शिक्षाको अधिकार प्रवद्र्धनका लागि गरिएका असल अभ्यासहरुको सिकाई आदान प्रदान कार्यशाला सोमबारबाट नेपालगन्जमा सुरु भएको छ । कार्यशालामा पश्चिम नेपालका नवलपरासि, पाल्पा, बाँके, बर्दिया, कैलाली, डोटी तथा बाजुराबाट ७० जना भन्दा बढिको सहभागीता रहेको छ । नोराडसँगको साझेदारीमा एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा शिक्षक, बालक्लवका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागीता रहेको छ ।

कार्यशालामा सामुदायिक विद्यालयमा शिक्षाको अधिकार प्रर्वदनका लागि गरिएको नमुना अभ्यास र यसले बालबालिकाहरुको सिकाईमा पारेको प्रभावको बारेमा छलफल भइरहेको छ । यसका साथै कार्यशालामा बालकेन्द्रित शिक्षण सिकाई र यसले विद्यार्थीको शिक्षण सिकाई र यसले समुदाय विद्यालयको गुणस्तर प्रर्वद्धनका पुर्याएको प्रभावको बारेमा समेत छलफल हुने एक्सनएड नेपाल पश्चिमाञ्चल श्रोत केन्द्रका संयोजक सरोज पोखे्रलले जानकारी दिनुभयो ।

यसका साथै आज साँझ बाँकेका स्थानीय निकायका पदाधिकारीलगातयको सहभागीता स्थानीय निकाय र शिक्षा विषयमा विषय केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन ७ जिल्लाबाट आएको बालक्लवका प्रतिनिधिहरुले सामुहिक रुपमा गरेको सम्मेलन भोली मंगलबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया