एजेन्सी – भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अंबानी बलिउडमा प्रवेश गर्ने भएकी छन्। खबर अनुसार ईशा अभिनेता अक्षय कुमारको फिल्मबाट बलिउडमा प्रवेश गर्ने भएकी छन् । यद्यपि फिल्ममा ईशाले अभिनय नगरी व्याटल अफ सारागढी’ नामको फिल्ममा लगानी गर्ने भएकी छन् ।

जुन फिल्मलाई करण जोहर र सलमान खानले मिलेर निर्माण गर्न लागेका थिए अब यसमा ईशाको नाम जोडिएको बताइएको छ । प्रोजेक्ट निकै राम्रो भएकाले इशाले यसमा लगानी गर्न लागेको बताइएको छ । फिल्ममा अक्षय कुमार मुख्य भुमिकामा देखिने भएका छन् ।

 

तपाईको प्रतिक्रिया