मुम्बई-भारतीय चर्चितसंगीतकार करन जोसेफले आत्महत्या गरेका छन्। भारतिय मिडियाका अनुसार आफ्ना साथीसँग एक महिनादेखि बस्दै आएको बान्द्रास्थित भवनको १२ औं तलाको झ्यालबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।

आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेका बेला अचानक उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेको बताइएको छ ।ठुलो आवाज सुनेर हेर्न जाँदा करन भुइँमा रगताम्मे लडिरहेको र अस्पताल लगिए लगत्तै उनलाई मृत घोषणा गरिएको बताइएको छ ।२९ वर्षीय जोसेफ पियानोवादक हुन्।

तपाईको प्रतिक्रिया