काठमाडौं । एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले थाइल्यान्डलाई १० ओभरमा २६ रनमै समेट्न सफल भएको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हराएको हो ।

थाइल्याण्डलाई सस्तैमा समेट्न ज्यान फालेर लागेका सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए। मध्यम सुरुवात गरेको नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए।

यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे।रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए।

तपाईको प्रतिक्रिया