काठमाडौं । मलेसियाको ओमन क्लव क्रिकेट ग्राउण्डमा जारी यु–१९ एशिया कप छनोट अनर््गतको एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेटमा थाइल्यान्डले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको छ।

नेपालको २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्डले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

नेपालका नन्दन यादव र किशोर महतोले लगातार एक एक विकेट लिएका हुन् । थाइल्याण्डले दोस्रो ओभरको पनि पहिलो बलमै दोस्रो विकेट गुमाएपछि नेपाली खेलाडी तथा दर्शकहरु उत्साहित देखिएका छन् ।

तपाईको प्रतिक्रिया