काठमाडौं । नेपालले थाइल्याण्डका सामु २८२ रनको चुनौती प्रस्तुत गरेको छ । एसीसी यू- १९ इस्र्टन रिजन प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन जोड्न सफल भएको हो ।

प्रतियोगितामा नेपालका अनिलकुमार शाहले ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाउँदै उत्कृष्ट खेल खेल्न सफल भए ।

यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन जोड्न सफल भएका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्।

तपाईको प्रतिक्रिया