एजेन्सी । बलिउड नायक ऋतिक रोशनमाथी नायिका कंगना रनौतले आरोप लगाउने क्रम अझै जारी छ । कंगनाले ऋतिकले उनको इमेल अकाउन्टको गलत प्रयोग गरेका कारण माफी माग्नुपर्ने आधारहरु अगाडी सारेकी छिन् ।

उनले भनेकी छिन् ऋतिकले ‘मेरो नाममा घटिया र वाहियात मेल पठाएर मेरो ब्यइिज्यत भयो जसका कारण त्यसलाई अहिले पनि मानिसहरु गुगलमा खोजेर पढ्ने गर्दछ र मज्जा लिन्छन् । यस्तो अभद्र व्यवहारका लागि ऋतिकले मसँग माफी माग्नुपर्छ ।’ यद्यपी ऋतिकले भने वकिलको सल्लाहामा कंगनाको कुनै पनि आरोपमा मौन रहन भनेको सल्लाहका कारण उनी मौन छन् ।

जसका कारण उनी अप्ठ्यारोमा नपरुन् भन्ने कानुनी सल्लाहारकारको भनाई छ । कंगनाले ऋतिकमाथी एकपछि अर्को आरोप बढाउन थालेपछि उनकी पूर्व श्रीमती सुजेनले ऋतिकको सर्मथन गर्दै कंगनाको नाम नलिइकनै एक ट्वीट गरेर जवाफ दिने कोसिस गरिन् । सुजेनले ऋतिकसँगको आफ्नो तस्बिर सेयर गर्दै लेखिन्, ‘कुनै पनि आरोप र षड्यन्त्रमा यति धेरै ताकत हुँदैन कि त्यसले एक राम्रो आत्मामाथि विजय प्राप्त गर्न सकोस् ।’

तपाईको प्रतिक्रिया