नेपालगन्ज २५ भदौ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् कोहलपुर–कुसुम सडकखण्डको शम्शेरगन्ज नजिकै आइतबार विहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकलमा सवार महिला घाइते भएकी छिन् । दुर्घटनामा दाङ शान्तिनगरका ३० बर्षिय ढकबहादुर केसीको ज्यान गएको हो ।

पश्चिमबाट पूर्वतर्फ गैइरहेको भे ५ ख ७२४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गैइरहेको ना ४ ख ५६५३ नम्वरको बसले ठक्कर दिदा मोटरसाइकमा सवार सीता बस्नेत केसी गम्भीर घाइते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उक्त दुर्घटना बाँके राप्तीसोनारी गाउँपालिका ८ स्थित आर्मी चेकपोष्टदेखि दुई किलोमिटर पूर्वमा भएको हो । दुर्घटनामा गम्भीर घाइते सीताको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया