काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्री मण्डल विस्तार गरी आफ्नो ५३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा पुगेका छन् । प्रम देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउन लागेका हुन् ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिन लागीएको प्रधानमन्त्री देउवा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारमा सहभागी गराउृन लागीएका ३ मन्त्रीहरुलाई सोमबार १ बजे राष्ट्रपति कार्यलयमा सपथ खुवाउने तयारी थालिएको छ ।

योसँगै देउवाको मन्त्रिमण्डल ५३ सदस्यीय हुने भएको छ । प्रम देउवाको नेर्ततवमा २०७४ जेठ २४ गते गठन भएको सरकारले जेठ २८ पहिलो पटक, असार २ गते दोस्रो, साउन ११ तेस्रो र भदौ ४ गते चौथोपटक विस्तार भएको थियो । यससँगै देउवा नेर्तत्वको सरकार इतिहाँसकै सबैभन्दा ठूलो सरकार हुँदैछ ।

तपाईको प्रतिक्रिया