काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी सरकारमा रहँदा जनताको हितमा थुप्रै काम गरेकाले अब जनताले माओवादीलाई रोज्नु पर्ने बेला आएको बताएका छन् ।

रौतहटमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पहाड र मधेस भनेर विभाजन गर्ने अतिवादलाई त्यागेर सिंगो मुलुकलाई जोड्नु पर्ने खाँचो रहेको बताएका छन् । प्रचण्डले केही उच्च तहका कर्मचारीहरुमा भ्रष्टाचारको प्रवृत्ति हावी रहेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया