एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तले आफु र सलमान खान बिच कुनै मनमुटाब नभएको बताएका छन् ।भारतिय मिडियाका अनुसार मुकेश अंबानीले अयोजना गरेको गणपति उत्सवमा दुबैले एक अर्कालाई अङ्गालो हालेको र सञ्जय दत्तले सलमान खानसँगको सम्बन्ध कहिलै खराब नभएको बताएका छन् ।

यि दुई मनमुटाबको विषयमा कुराहरु बाहिर आइरहेका बेला सञ्जयले आफूहरुको बीचमा सबै ठिक भएको बताएका छन् । मिडियाबाट गलत सन्देश आउको भन्दै सञ्जयले सलमान सँधै आफ्नो भाइ रहेको र भाइ नै रहने बताएका छन् ।साथै आफुहरु बिच माया र सम्मान सबै उस्तै रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया