काठमाडौँ । मञ्जरी, होस्टेल, उत्सव, अर्धकट्टी, गाजलु, रातो घर चलचित्रमा भुख्य भूमिकामा अभिनय गरिसकेका गौरव पहाडी पछिल्लो पुस्ताका चल्तीका नायक हुन् । उनी अभिनीत नयाँ चलचित्र छक्कापन्जा २ रिलिजको तयारीमा छ । गौरवले जति पनि फिल्ममा काम गरे, त्योभन्दा बढी पछिल्लो समयको चर्चित गीत ‘सुन साइँली’बाट चार्च कमाए । सुन साइँलीमा साइँलाको भूमिकामा अभिनय गरेपछि गौरवको चर्चा ह्वात्तै बढेको हो । उनले आफूलाई मन पर्ने विभिन्न कुराको खुलासा गरेका छन् :

पहिरन : क्याजुअल जिन्स पाइन्ट र टिसर्टमा सजिन रुचाउँछु ।

खाना: साधारण दाल, भात, तरकारी र दुई पिस मासु भए पुग्छ । उति साह्रो चुजी छैन ।

घुम्न :मलाई घुम्न ठीकै मन पर्छ । विशेषगरी पोखरा, मनाङ, मुस्ताङतिर धेरै घुम्न मन पर्छ ।

सवारी: मैले चढ्दै आएको मारुतीको स्विफ्ट कार हो । यो राम्रै लाग्छ । काठमाडौंको सडकअनुसार यही राम्रो छ ।

मोबाइल :वान प्लस थ्री चलाउँदै आएको छु । आइफोनभन्दा एन्ड्रोइड मोबाइल मन पर्छ ।

जुत्ता :कन्भर्स जुत्ता भए हुन्छ । लगाउन सजिलो हुने भएकाले यो नै मन पर्छ । नयाँ पत्रिकाले छापेको छ ।

युवती :मलाई घमण्डी र धेरै बोल्ने केटी मन पर्दैन । यी दुई स्वभाव नभएकी केटी राम्रै लाग्छ ।

तपाईको प्रतिक्रिया