एजेन्सी । बलिउडकी अविबाहित नायिका सुष्मिता सेनले छोरी रेनी १८ वर्ष लागेको अवसरमा एक भब्य पार्टीको आयोजना गरिन् ।

४१ वर्षीय बलिउड अभिनेत्री सुष्मिताले अविवाहित हुँदा हुँदै पनि रेनी र अलीसाहलाई गोद लिएकी थिइन्। सुष्मिताले जन्मदिनको पार्टीको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।

उनले तस्वीर पोष्ट गर्दै आमा बन्नुको १८ वर्षको सफर निकै सुन्दर भएको लेखेकी छन्। सन् १९९४ मा सुष्मिता सेन मिस यूनिभर्सको क्राउन जित्ने पहिलो भारतीय बनेपछि उनी चलचित्रमा गज्जबसँग जमिन् । तर अहिले पनि उनी चलचित्र कर्म निस्क्रिय नै छिन् ।

तपाईको प्रतिक्रिया