एजेन्सी। बलात्कारी बाबा राम रहीमकी छोरी भनिएकी हनीप्रीतको हत्या भएको आशंका गर्दै भारतीय इन्टेलिजेन्स ब्यूरोले उनको लाश खोज्न थालेको बताइएको छ । भारतिय मिडियाका अनुसार इन्टेलिजेन्स रिपोर्टमा बाबाले हनीप्रीतको हत्या गराएको दावी गर्दै डेरामै उनको लाश गाडेको हुन सक्ने आशंका व्यक्त गरेको बताइएको छ ।

हनीप्रितको शव लुकाउनको लागि डेराजत्तिको सुरक्षित विकल्प अर्को नहुने बताइएको छ ।बाबा राम रहीम जेल गएसँगै बेपतता भएकी हनीप्रीतलाई बाबाको निकै नजिक भएको हुँदा उनी पक्राउ परेमा बाबाका कैयौं रहस्य खुल्ने डरले उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनलाई भेट्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया