काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् ।

प्रचण्डले ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएका कारण मधेसको मत माग्ने नैतिक धरातल गुमाइसकेको र मधेसका जनता एमालेप्रति रुष्ट रहेको बताइएको छ ।

कलैयामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताएका छन् ।सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकताअनुसार गठबन्धन लम्ब्याउन आबश्यक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया