नुवाकोट । नुवाकोटमा यात्रुवस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थानाभन्याङमा बा १ ख ६३४८ नम्ंबरको बस सडकवाट एकसय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य घाइतेको उपचार भइरहेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया