ईटहरी -चर्चीत र्यापर गायक याम बुद्धको सम्झनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । यामबुद्ध फाउण्डेसनको आयोजना यमले पहिलो औपचारीक अध्ययन सुरु गरेको सलकपुर स्थित विद्यालय ब्राइट फिचर उच्च माध्यमिक विद्यालयमा प्रतीयोगिता आयोजना गरीएको हो ।

उक्त प्रतिगोगितामा ३५ विद्यार्थीको सहभागिता रहेका थिए भने प्रतियोगितामा सृष्टि वराल प्रथम, द्धितीय पालना अधिकारी र असोक सञ्जेल तीतृय भएका छन् । यम बुद्ध फाउनडेसनका अध्यक्ष तथा यम बुद्धका पिता अम्बिका प्रसाद अधिकारीले विद्यार्थीलाई कवितामा व्यक्त आर्दश जीवन र व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

यम बुद्ध गित र कविता लेख्न रुचाउने र कविताको माध्यमबाट समाजका विक्रितीहरुलाई सुधार गर्न विद्यालयस्तर देखिनै जागरुप गराएर विद्यार्थीलाई समाजिक उत्तरदायित्वको महत्व बुझाउन साथै उनीहरुको सिर्जनशीलता बिकास गर्न कविता प्रतियोगिता आयोजना गरिएको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया