एजेन्सी । बलिउडकी सुन्दरी नायिका दीपिका पादुकोणको बेडरुमको बेडरुमका बारेमा अचेल विशेष चर्चा हुन थालेको छ । भारतीय मिडियामा भाइरल बनेको खबरका अनुसार उनी महंगो अपार्टमेन्ट किन्न सफल बलिउड हिरोइनमध्येकी एक हुन् । पछिल्ला दिनमा हलिउडबाट समेत कमाइ गर्न थालेकी छन् उनले । उनको २०१५ को कमाई १० मिलियन डलर रहेको फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

दीपिका आँफैले किनेको मुम्बईको प्रभादेवी क्षेत्रस्थित ‘बो मोन्ड टावर’ मा बस्छिन् । उनले ३३ तले यो टावरको २६औं तलाको अपार्टमेन्ट किनेको भाष्कर दैनिकले लेखेको छ । जुन बलिउड हिरोइनले खरिद गरेका अपार्टमेन्टहरुमध्ये यसलाई महंगो अपार्टमेन्टका रुपमा समेत लिइन्छ ।

दीपिकाको ‘फोर–बीएचके’ अपार्टमेन्ट २ हजार ७ सय ७६ स्क्वायर फिट फराकिलो छ, जसलाई चर्चित इन्टेरियर डिजाईनर विनिता चैतन्यले निकै आकर्षक ढंगमा सजाएकी छन् । दिपिकालाई मनपर्ने सेतो, पिंक, सुनौलो र रातो रङ नै उनको अपार्टमेन्टमा पनि प्रयोग गरिएको छ । अपार्टमेन्टका भित्ता, फर्निचर, सजावट सामग्री, कपडा र कार्पेट जस्ता वस्तुहरुको रंग पनि सोही अनुसार छनोट गरी उनका कोठाहरु सजाइएका छन् ।

तपाईको प्रतिक्रिया