काठमाडौं- धेरैलाई पिरोलेको छ, डन्डिफोरले । डन्डिफोर आएपछि अनुहार कुरूप बन्छ । धेरै उपचार गर्दा पनि निको नहुँदा डन्डिफोरबाट पीडित अत्तालिएका छन् । त्यसो भए के गर्ने रु डन्डिफोरलाई चिमोट्ने, निचोर्ने गर्नु हुँदैन । केही टिप्स पढ्नुहोस्, जसले डन्डिफोर आउने समस्यालाई रोक्न सक्छ ।

अनुहार सधैँ सफा गर्ने र सुक्खा राख्ने ।

अत्यधिक चिल्लो र जथाभावी रूपमा कस्मेटिक प्रयोग नगर्ने ।

चुरोट, मादक पदार्थ र अत्यधिक चिल्लो खानालाई सधैँ नियन्त्रण गर्ने ।

पौष्टिक आहारमा जोड दिने ।

सफा र पर्याप्त पानी पिउने । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया