काठमाडौं  – केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ

(केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ ।

(केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।

(केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।

(केरामा भिटामिन बी–६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।

(केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया